प्रदेश संसद अधिवेशन आज
पाेखरा | पुस १८, २०७९
पोखरा: नवनिर्वाचित गण्डकी प्रदेश सभा सदस्यहरुको पहिलो बैठक सोमबार बस्दैछ । प्रमुख पृथ्वीमान गुरुङले सोमबारलाई संसद अधिवेशन आह्वान गरेका हुन् । दिउँसो ३ बजेका लागि अधिवेशन आह्वान भएको हो ।
सोमबार ११ बजे सर्वदलीय बैठक बस्दैछ । उक्त बैठकले नै संसद बैठकको कार्यसूची तय गर्नेछ । प्रदेश प्रमुख गुरुङले गण्डकी प्रदेश सरकार गठनको आह्वान भने गरेका छैनन् ।
नयाँ सरकार गठन नभएको हुँदा को सत्ता पक्ष र को प्रतिपक्ष भन्ने प्रष्ट छैन । संसदलाई काम दिने पनि सरकारले हो । तर सरकार नै नबनेको हुँदा संसद बैठकमा के गर्ने भन्ने पनि सोमबारको सर्वदलीय बैठकबाट टुंगो लाग्नेछ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

